सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको वस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली आफ्नो सचिवालयका सदस्यहरूसहित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुगेका हुन् ।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा खतरामुक्त अवस्थामा उपचार भइरहेको छ।उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । उनको निधार र आँखामा गहिरो चोट छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था खतरामुक्त रहेको जनाएको छ ।यसअघि ओली सौर्यको विमान दुर्घटनास्थल पनि पुगेका थिए । उनले विमानस्थलमा नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ पनि लिए ।सरकारले आजै मन्त्रिपरिषद् बैठक राखेर जहाज दुर्घटना छानबिनका लागि आयोग बनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच