आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत, अर्थतन्त्र सकारात्मक दिशामा रहेको अर्थमन्त्रीको दाबी

आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत, अर्थतन्त्र सकारात्मक दिशामा रहेको अर्थमन्त्रीको दाबी

अर्थ चौतारी

आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत, अर्थतन्त्र सकारात्मक दिशामा रहेको अर्थमन्त्रीको ...

A A- A+

सरकारले आर्थिक सर्वेक्षण २०८०/८१ संसदमा प्रस्तुत गरेको छ ।
नेपाली कांग्रेसको विरोधका बीच सरकारले चालु आर्थिक वर्ष (आव) को अर्थतन्त्रको अवस्था समेटिएको दस्तावेज संसदमा प्रस्तुत गरेको हो ।
सो अवसरमा अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए ।

उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा आएको संकुचनबीच कृषि र सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको उनले बताए ।

उनले चालु आवमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको उनले बताए ।

प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने उनले बताए । फागुनसम्म मुद्रास्फीति ६.०८ प्रतिशत रहेको उनको भनाइ छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?