सिरहा-सिरहाको विष्णुपुर गाउँपालिका-२ राजपुर निवासी २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरिएको छ। मलेसियास्थित एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन् ।वैदेशिक रोजगारको क्रममा २ वर्षअगाडि मलेसियास्थित सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने नेपाली युवक निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न।घटनाको जानकारीपछि मलेसिया प्रहरीले तत्कालै निलमलाई नियन्त्रणमा लिएको छ । यादवको हत्याले गाउँ र परिवार शोकमा डुबेको छ।घटनामा संलग्नलाई कडाभन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले सरकारसँग उचित पहलको अपील गरेका छन्।यो घटनाले वैदेशिक रोजगारमा गएका नेपाली आफ्नै साथीबाट असुरक्षित रहेको देखाएको छ । रुपेशको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच