अझै ५० घण्टा बाँकी थियो विमानको विस्तृत परीक्षण गर्ने अवधि, ‘लोड’ पनि होइन कारण !

अझै ५० घण्टा बाँकी थियो विमानको विस्तृत परीक्षण गर्ने अवधि, ‘लोड’ पनि होइन कारण !

अर्थ चौतारी

अझै ५० घण्टा बाँकी थियो विमानको विस्तृत परीक्षण गर्ने ...

A A- A+

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको विमान दुर्घटनामा परी एक विदेशी नागरिकसहित १८ जनाको मृत्यु भयो । सौर्य एयरको ‘सीआरजे२००, ९एन–एएमई’ विमान प्राविधिकहरू बोकेर पोखरा जान लाग्दा विमानस्थलमै दुर्घटनामा परेको थियो ।विमानको विस्तृत मर्मत सम्भार गर्न पोखरा लिएर जाँदै गरेका सौर्य एयरका प्राविधिकहरू नै दुर्घटनामा परे । दुर्घटनामा परेका १९ जनामध्ये विमान चालक क्याप्टेन मनिश रत्न शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।दुर्घटनामा पर्ने प्राविधिकहरू यही विमानको विस्तृत परीक्षण गर्न पोखरा विमानस्थल लिएर जाँदै थिए । विमानको नियमित मर्मत र सम्भारको समय तालिकाअनुसार यो विमानको विस्तृत मर्मतको अवधि अझै ५० घण्टा बाँकी थियो । यो अवधिसम्म ‘सीआरजे२००, ९एएमई’ले नियमित उडान गर्न मिल्ने नेपाल नागरिक उड्डायन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेयले जानकारी दिए ।उनका अनुसार यस विमानमा बसेर विस्तृत मर्मत सम्भार गर्न सौर्य एयरका प्राविधिकहरू पोखरा जाँदै थिए । उनीहरूले नै प्राविधिक जाँच गरेर यो विमान उडाउन मिल्ने भनी आफैँ सवार थिए । काठमाडौंमा विमानको विस्तृत मर्मत सम्भार गर्ने ठाउँ नभएकाले पोखरामा दुई महिना राखेर विस्तृत मर्मत सम्भार गर्नुपर्ने प्रवक्ता पाण्डेय बताउँछन् ।“काठमाडौंमा दुई महिना राखेर विस्तृत मर्मत गर्ने हेङ्गर नभएकाले यो विमान पोखरामा बनेको नयाँ विमानस्थलमा रहेको हेङ्गरमा लग्न लागिएको थियो । यो नियमित मर्मत सम्भार योजनाअन्तर्गत नै हो,” उनले भने, “सामान्य मेन्टेनेन्स नियमितरूपमा भए पनि यस्तो खालको मेन्टेनेन्स चाहिँ डेढ–दुई महिना राखेर नै गर्नुपर्ने हुन्छ । तर, यस्तो विस्तृत मर्मत गर्नुपर्ने समय हुन्छ । विस्तृत मर्मत गर्ने अवधि अझै ५० घण्टा बाँकी थियो ।”यो ५० घण्टको अवधिमा नियमित उडान गर्न मिल्ने पाण्डेयको भनाइ छ । विस्तृत मर्मत सम्भारको अवधि धेरै भएको भए पनि यो कसरी दुर्घटना भएको हो भनेर अध्ययन गरेर मात्र थाहा हुने उनी बताउँछन् ।लोडको भारले पनि यो दुर्घटना नभएको उनको भनाइ छ । यो विमानमा ७१ जना यात्रु बोक्ने क्षमता रहेको उनी बताउँछन् । त्यस्तै, विमान बिग्रिएर पनि दुर्घटना नभएको उनको भनाइ छ ।विमान उड्नबित्तिकै दाँयातिर पल्टिँदै धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको हो । चालकदलसहित १९ जना सवार विमानका क्याप्टेन मनिशरत्न शाक्यको उद्धारपछि उपचार भइरहेको छ । अन्य १८ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।

ज्यान गुमाउनेहरू

Saurya-1721822322.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?