गोकर्णेश्वरमा दिवङ्गत बाबुको नाममा श्राद्ध गर्नेहरूको भीड (तस्बिरहरू)

गोकर्णेश्वरमा दिवङ्गत बाबुको नाममा श्राद्ध गर्नेहरूको भीड (तस्बिरहरू)

अर्थ चौतारी

गोकर्णेश्वरमा दिवङ्गत बाबुको नाममा श्राद्ध गर्नेहरूको भीड (तस्बिरहरू)

A A- A+

काठमाडौं– भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।कुशे औँसीलाई बाबुको मुख हेर्ने दिनको रुपमा पनि लिने गरिएको छ । यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।आज विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?