विपद्जन्य घटनाबाट ४ जनाको मृत्यु

विपद्जन्य घटनाबाट ४ जनाको मृत्यु

अर्थ चौतारी

विपद्जन्य घटनाबाट ४ जनाको मृत्यु

A A- A+

झापा । झापामा मनसुनजन्य घटनाबाट ४ जनाको मृत्यु भएको छ ।

गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार खोलाले बगाएर दुई जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।
खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । चट्याङ लागेर तीन महिला घाइते भएको प्रहरीले जनाएको छ । मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब रु एक करोड आठ लाख पाँच सय बराबरको भौतिक क्षति भएको छ ।
जिल्लाका विभिन्न स्थानमा बाढीका कारण एक सय ८६ घर डुबानमा परेका छन् । २८ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १६ परिवार फर्किसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रवक्ता चन्दले जानकारी दिए ।

सोही अवधिमा प्रहरीले ११ घरपरिवारका ४० जनाको उद्धारसमेत गरेको छ । मनसुनजन्य घटनामा परी चार वटा पशु मरेका छन् । जिल्लामा मनसुनजन्य घटनामा परेकाको उद्धारका गर्न एक सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?