प्रहरी कल्याणकारी कोषमा पौने पाँच अर्ब

{"caption":"u092au094du0930u0939u0930u0940 u092au094du0930u0927u093eu0928 u0915u093eu0930u094du092fu093eu0932u092f u092bu093eu0907u0932 u092bu094bu091fu094b","photographer":"","alt_text":""}

प्रहरी कल्याणकारी कोषमा पौने पाँच अर्ब

अर्थ चौतारी

प्रहरी कल्याणकारी कोषमा पौने पाँच अर्ब

A A- A+

काठमाडौं । नेपाल प्रहरीको कल्याणकारी कोषमा चार अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा भएको छ ।प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०/८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो ।आर्थिक वर्ष २०७९/८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रहरी र आश्रित परिवारका लागि लक्षित गरेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०५२ सालमा कल्याणकारी कोष स्थापना भएको थियो ।नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि यस्तै किमिसको कल्याणकारी कोषको व्यवस्था छ । कोषमा प्रहरी कर्मचारी संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाँदा आउने रकमको निश्चित प्रतिशत जम्मा हुने गरेको छ ।त्यस्तै प्रत्येक प्रहरी कर्मचारीबाट मासिक १ हजार रुपैयाँ, कोषबाट सञ्चालित आवास गृह, अतिथि गृह, नेपाल पुलिस हेल्थ क्लब, नेपाल पुलिस क्लब लगायतबाट प्राप्त हुने रकम, कोषका नाममा रहेका जग्गाबाट प्राप्त हुने रकम लगायत पनि आम्दानीका रुपमा दाखिला हुने गरेको छ ।पछिल्लो आर्थिक वर्षमा कोषको रकमबाट २३ करोड १५ लाख ८५ हजार रुपैयाँ खर्च गरिएकोमा ५१ करोड ३८ लाख ९४ हजार रुपैयाँ आम्दानी भएको प्रहरी प्रवक्ता डीआईजी कार्की बताउँछन् ।उनका अनुसार, तीमध्ये ४ करोड ८४ लाख ९६ हजार रुपैयाँ कल्याणकारी कार्यक्रममा खर्च भएको छ भने औषधोपचारतर्फ २ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ ।नयाँ मिसनतर्फ ४ करोड ३४ लाख ४ हजार रुपैयाँ खर्च भएको छ भने मिसनसम्बन्धी तालिम र सेमिनारमा ७ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?