काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले पत्रकारिता देखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै सरकार पनि यसमा गम्भीर भएर लाग्ने बताएकी हुन् । सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी रहेको उनले बताइन् । सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्दै उनले महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको उल्लेख गरिन्। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारलाई बढी विश्वास गर्ने गरेको देखिएको भन्दै पत्रकारितामा महिला ल्याउन र टिकाइराख्न जरुरी रहेको बताए । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने उनको भनाइ छ । त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्ने धारणा राखे ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच