विपद्‌का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने

विपद्‌का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने

अर्थ चौतारी

विपद्‌का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : ...

A A- A+

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्‌मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरूरी रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्‌मा परेका नागरिकहरूको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरूरी रहेको बताएका हुन् ।सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा बनाउनुपर्ने उनको भनाई छ ।

 

उनले पैसाको अभाव देखाएर विपद् व्यवस्थापनको काम नगरिएको भन्दै इच्छाशक्ति भएमा बजेट व्यवस्थापन हुनसक्ने धारणा राखे ।विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने लामिछानेले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?