‘राष्ट्रिय चलचित्र पुरस्कार’ को जुरीका लागि ३५ विज्ञको नाम सार्वजनिक

‘राष्ट्रिय चलचित्र पुरस्कार’ को जुरीका लागि ३५ विज्ञको नाम सार्वजनिक

अर्थ चौतारी

‘राष्ट्रिय चलचित्र पुरस्कार’ को जुरीका लागि ३५ विज्ञको नाम ...

A A- A+

काठमाडौँ । चलचित्र विकास बोर्डले हरेक वर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को तयारी सुरु भएको छ । असोजको १ गते ‘चलचित्र दिवस’ को अवसर पारेर वितरण हुँदै आएको पुरस्कारका लागि बोर्डले यस वर्षदेखि फिल्म क्षेत्रका ६ जना विज्ञहरूलाई निर्णायकको रूपमा राख्ने भएको छ । जसका लागि ३५ जना विज्ञको नाम समेत सार्वजनिक गरेको छ ।
फिल्मीकर्मी, पत्रकार र दर्शकको सुझावका आधारमा ६ जना विज्ञ छनोट गर्ने बोर्डको तयारी छ । बोर्डले यो वर्षदेखि नै कार्यविधि परिवर्तन गरेको हो । ‘राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यविधि २०८१’ अनुसार बोर्डले जुरी छनोट प्रक्रिया अगाडि बढाएको हो ।

प्राप्त सुझावका आधारमा बोर्डको बैठकबाट ६ जना विज्ञ र १ जना बोर्ड सदस्य समावेश गरी निर्णायक समिति नियुक्त गरिनेछ । बोर्डले सार्वजनिक गरेको विज्ञ सदस्यमा वसुन्धरा भुसाल, नीर शाह, लक्ष्मीनाथ शर्मा, ब्रजेश खनाल, नयनराज पाण्डे, मोहन निरौला, रवीन्द्र खड्का, बनिष शाह, रमेश रञ्जन झा, गौरी मल्ल, प्रकाश सायमी, दयाराम दाहाल, अभि सुवेदी, विपिन स्थापित, ध्रुव लम्साल, सुनिल थापा, नवीन सुब्बा, रेखा थापा, अनुप बराल, दीपाश्री निरौला, समीर बलामी, रक्षासिंह राणा, मीन बहादुर भाम, आकाश अधिकारी, झरना थापा, ऋषि लामिछाने, दिनेश डीसी, चेतन सापकोटा, मनोज पण्डित, केपी पाठक, विमल पौडेल, उदय सुब्बा, केकी अधिकारी, पुष्कर लामा, जनकदीप पराजुलीलगायत रहेका छन् ।

गत वर्षको पुरस्कार बिवादित बनेपछि बोर्डले नयाँ कार्यविधि बनाएको हो । प्राप्त सुझावका आधारमा ६ जना विज्ञलाई बोर्डको बैठकबाट जुरीमा नियुक्त गर्ने बोर्ड सदस्य राजु केसीले बताए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हरेक वर्ष यो पुरस्कार कार्यक्रम आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?