नेपाल यू-१६ इस्ट जोन कपको फाइनलमा

नेपाल यू-१६ इस्ट जोन कपको फाइनलमा

अर्थ चौतारी

नेपाल यू-१६ इस्ट जोन कपको फाइनलमा

A A- A+

काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्ने भएको छ । भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । अब नेपालले आफ्नै समूहबाट उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।

यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । फाइनल म्याच पर्सी हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?