इजरायलले युद्धविराम गर्ने आशामा अमेरिका, नेतन्याहुले स्वीकार्लान् प्रस्ताव ?

इजरायलले युद्धविराम गर्ने आशामा अमेरिका, नेतन्याहुले स्वीकार्लान् प्रस्ताव ?

अर्थ चौतारी

इजरायलले युद्धविराम गर्ने आशामा अमेरिका, नेतन्याहुले स्वीकार्लान् प्रस्ताव ?

A A- A+

तेल अभिभ । संयुक्त राज्य अमेरिकाले हमास सहमत भएमा इजरायलले पनि आफूले अगाडि सारेको युद्धविरामको प्रस्ताव स्वीकार गर्ने आशा गरिरहेको छ । यो सम्झौता भएमा गाजामा ६ हप्ताका लागि युद्धविराम लागू हुनेछ । अमेरिकाले भर्खरै गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव अगाडि सारेको छ ।यस सम्बन्धमा गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा योजना प्रस्तुत गरेका थिए । यस योजना अन्तर्गत  स्थायी रुपमै युद्धको अन्त्य हुनुअघि मानवीय सहायता उपलब्ध गराउनुका साथै बन्धकहरू आदानप्रदान गरिनेछ । इजरायली सरकारका केही मन्त्रीहरूले यो प्रस्तावको विरोध गरेका छन् ।गठबन्धन सरकारका केही मन्त्रीहरूले अमेरिकी प्रस्ताव नेतान्याहुले मानेमा आफूले राजीनामा दिने धम्की दिएका छन् । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतन्याहुलाई गाजामा युद्धविरामका लागि दबाब दिइरहेका छन् ।गत हप्ता इजरायलले रफाहको शिविरमा आक्रमण गरेको थियो । सो आक्रमणपछि प्यालेस्टिनीहरू आफ्नो घर छोड्न बाध्य भएका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो आक्रमणलाई दुःखद घटना भएको भनेका छन् । सो आक्रमणमा ४५ जनाको मृत्यु भएको थियो । यो हमलापछि इजरायलले विश्वका धेरै देशको विरोधको सामना गर्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?