काठमाडौं – नेपालका अलराउण्डर गुलशन झा आईसीसी विश्वकप लिग-२ मा क्यानडाविरुद्ध आउट भएका छन् । स्पिनर हर्ष ठाकेरको २८ औं ओभरको पहिलो बलमा गुलशन ३४ रनमा फस्टस्लिपमा नवनीत धालिवालबाट क्याच आउट भए । उनले ५६ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि कलिम सानाको १९ औं ओभरको पाँचौं बलमा फस्टस्लिपमा अरोन जोनसनले गुलशनको १० रनमा क्याच छाड्न पुगेका थिए ।
किंग सिटीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल २८ ओभरमा ८८-७ को अवस्थामा छ । सन्दीप लामिछाने १ र सोमपाल कामी २ रनमा क्रिजमा छन् ।
एक समय १२ ओभरमा ३६-५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि गुलशन र आरिफले ३४ रनको साझेदारी गरेका थिए ।
आरिफ शेख २३ औं ओभरको दोस्रो बलमा ३३ बल खेल्दै १० रनमा क्याच आउट भएका थिए । त्यसअघि अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४-४ रनमा आउटभ एका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच