भ्रष्टाचारको छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न सकिँदैनः गौतम

भ्रष्टाचारको छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न सकिँदैनः गौतम

अर्थ चौतारी

भ्रष्टाचारको छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न सकिँदैनः ...

A A- A+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नवगठित सरकारको समावेशिताप्रति प्रश्न उठाएकी छन् । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले नवगठित सरकार समावेशी नभएको भन्दै प्रश्न उठाएकी हुन् । उनले मन्त्रिपरिषद्मा संविधानले सुनिश्चित गरे अनुरूपको महिलाको प्रतिनिधित्व नभएको बताइन् । त्यस्तै दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो भनि प्रश्न गरिन् । उनले स्वार्थको द्वन्द्व हुनेखालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको उल्लेख गर्दै यसप्रति पनि सरकारको जवाफ माग गरिन् । उनले भ्रष्टाचारमा मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् । उनले भनिन्, ‘भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा हामीले कसरी गर्ने ? यो बारेपनि सरकारले हामीलाई स्पष्ट पारिदेओस् । हाम्रो गम्भीर चिन्ताको विषय हो ।’उनले मन्त्रीहरुलाई आफ्नो सम्पती विवरण सार्वजनिक गर्न आग्रह पनि गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?