स्पष्टीकरण प्रस्तावमाथि सांसद डा शर्माको टिप्पणीः सत्य र न्यायका लागि सुकरातले विष पिएझैँ लड्छौं

स्पष्टीकरण प्रस्तावमाथि सांसद डा शर्माको टिप्पणीः सत्य र न्यायका लागि सुकरातले विष पिएझैँ लड्छौं

अर्थ चौतारी

स्पष्टीकरण प्रस्तावमाथि सांसद डा शर्माको टिप्पणीः सत्य र न्यायका ...

A A- A+

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा डा.शेखर कोइराला, राजेन्द्र बजगाईं र डा.सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएको छ ।

स्पष्टीकरण सोध्नुपर्ने प्रस्तावपछि डा.शर्माले कडा शब्दमा प्रतिक्रिया जनाएका छन्। बैठकमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टी नेताहरूलाई बोलाएर कुराकानी गर्न सुझाव दिइएको थियो। नेता शशांक कोइरालाका अनुसार सभापतिलाई ती नेताहरूसँग भेटेर स्पष्ट पार्न आग्रह गरिएको भए पनि देउवाले यसबारे कुनै जवाफ नदिएको बताए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो। तर, आजको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ।

यसै सन्दर्भमा डा. शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘युग परिवर्तन गर्न, सत्य र न्यायका लागि लड्न पश्चिमा दर्शनका जनक सुकरातले हेमलट विष पिएर आधुनिक युगको प्रारम्भ गर्नुभयो। सबैलाई चेतना भया।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?