कञ्चनपुरमा अबैध काठसहितको ट्याक्टर नियन्त्रणमा

कञ्चनपुरमा अबैध काठसहितको ट्याक्टर नियन्त्रणमा

अर्थ चौतारी

कञ्चनपुरमा अबैध काठसहितको ट्याक्टर नियन्त्रणमा

A A- A+

 कञ्चनपुरमा अबैध काठसहित प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्लाको पुनर्वासबाट अबैध काठसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक वीरचन्द्र भट्ट नेतृत्वको गस्ती टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो। मंगलबार बिहान पुनर्वास नगरपालिका–११ अमरबस्तीबाट ट्याक्टरसहित ट्रलीमा भरिएको १४० दशमलव ८५ क्युफिट सालका १२ थान गोलिया बरामद गरिएको छ।भारतीय दुधुवा नेशनल पार्क नजिकको वन क्षेत्रबाट नेपालतर्फ आइरहेको अवस्थामा से १ त ३८७३ नम्बरको ट्याक्टरसहित काठ बरामद गरेर कुण्डा सव–डिभिजन वन कार्यालय पच्कडियाको जिम्मा लगाइएको छ। कुण्डा सव–डिभिजन वन कार्यालय पच्कडियाका प्रमुख वन अधिकृत दिनेशकुमार यादवले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?