एनपीएलमा लुम्बिनीले बनायो हालसम्मकै उच्च स्कोर, विराटनगरले पायो १९२ रनको विशाल लक्ष्य, रोहित अर्धशतबाट चुक्दा सन्दीपले तोडे विकेटको खडेरी

एनपीएलमा लुम्बिनीले बनायो हालसम्मकै उच्च स्कोर, विराटनगरले पायो १९२ रनको विशाल लक्ष्य, रोहित अर्धशतबाट चुक्दा सन्दीपले तोडे विकेटको खडेरी

अर्थ चौतारी

एनपीएलमा लुम्बिनीले बनायो हालसम्मकै उच्च स्कोर, विराटनगरले पायो १९२ ...

A A- A+

काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले हालसम्मकै उच्च स्कोर खडा गर्दै विराटनगर किंग्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकट गुमाएर १९१ रन जोड्यो ।

लुम्बिनीले प्रतियोगिताकै हालसम्मको उच्च योगफल खडा गरेको हो ।यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले २९ बलमा २ छक्का र चार चौका प्रहार गरेका थिए । बिराटनगरले खराब बलिङ गर्दै २९ अतिरिक्त रन खर्चिएको थियो जसमा १४ वाइड थिए ।

यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे । विवेक यादवले ७ बलमा अविजित १९ रन बनाए । अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए । बेन कटिङ ६ रन बनाएर आउट भए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?