काभा महिला नेसन्स लिग- नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा जारी

काभा महिला नेसन्स लिग- नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा जारी

अर्थ चौतारी

काभा महिला नेसन्स लिग- नेपाल र भारतबीच उपाधिका लागि ...

A A- A+

काठमाडौं- आयोजक नेपालले काभा महिला नेसन्स लिगको उपाधिका लागि अहिले चिर प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा उपाधि भिडन्त सुरु भएको छ । उपाधि भिडन्तको सुरुवातमा नेपालले भारतलाई दबाबमा राखेको छ। मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो  मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो। लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो।

समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा छ । उता भारत समूह चरणमा भोगेको हारको बदलासहित उपाधि लैजाने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?