काठमाडौं । हनी ट्र्याप गरेर करिब एक करोड रुपैयाँको बार्गेनिङ गरेको आरोपमा युवतीसहित २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार सामाजिक सन्जालमार्फत सम्पर्क गरेर पीडितलाई साथी बनाएकी युवतीले कोठामा बोलाएर अश्लील भिडिओ रेकर्ड गरेकी थिइन् ।सोही भिडिओ देखाएर उनीहरुले उक्त रकमको बार्गेनिङ गरेका थिए । प्रहरीका अनुसार उनीहरुले पीडितसँग १५ लाख रुपैयाँ लिइसकेका थिए ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीकी २० वर्षीया तेन्जी डोल्मा छिरिङ भन्ने सिर्जना तामाङ र जुगलका २९ वर्षीय सौरभ तामाङ भन्ने लिलाबहादुर तामाङ रहेका छन् ।लिलाले पीडितको फेसबुक लिंक सिर्जनालाई पठाएर साथी बन्न लगाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।‘युवतीले पीडितलाई आफ्नै कोठामा बोलाएर गरेको अश्लील हर्कत मोबाइलमा गोप्य रुपमा रेकर्ड गरेर बार्गेनिङ सुरु गरेको देखिन्छ’, एसएसपी भट्टराईले भने ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच