प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच छुट सम्झौता

प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच छुट सम्झौता

अर्थ चौतारी

प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच छुट ...

A A- A+

पोखरा– प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका–२ आवारोडस्थित इला कम्र्फट होटल एण्ड रिर्साेटबीच व्यावसायिक साझेदारीको लागि कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सोमबार एक समारोहकाबीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र बैंककातर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबिसीओ) राजु रानाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?