कैलालीमा दुईजना व्यक्ति मृत भेटिएका छन् । टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–१ विशालनगर बस्ने ६३ वर्षीय डम्बर टमटा मृत भेटिएको बताए ।बाटोमा एक्कासी ढलेर बेहोस भएका टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, बुधबारदेखि बेपत्ता घोडाघोडी नगरपालिका–१ बेलारका ६० वर्षीय मानबहादुर धामी मृत भेटिएका छन् ।डीएसपी बोहोराका अनुसार धामी घोडाघोडीकै सितानगरको डोडा नदीको बीच भागमा अड्किएको अवस्थामा मृत भेटिएका हुन् ।उनी बुधबार साँझ आफन्तको घर जान्छु भनी हिंडेका थिए । धामी सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि भोलिपल्ट इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका थिए ।खोजतलास गर्ने क्रममा उनी नदीको बीच भागमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच