रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने समितिको निर्णय

रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने समितिको निर्णय

अर्थ चौतारी

रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने समितिको निर्णय

A A- A+

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धन संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीहरूको कागजात मगाउने निर्णय गरेको हो ।अनुसूची २ अनुसारका छानबिन गर्नुपर्ने सहकारीहरूमा आईडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् ।समितिको सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालका अनुसार सहकारीको कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढ्नेछ । ‘हामीले कागजात झिकाउने निर्णय गरेका छौँ । सबै कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढाउँछौँ,’ खनालले रातोपाटीसँग भने आजको बैठकमा विभिन्न सहकारी अभियन्ताहरूलाई पनि बोलाइएको थियो । समितिले करिब २ घण्टा उनीहरूसँग पनि छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?