काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकपेटी सुधार र मर्मत थालेपछि सडकपेटी सुन्दर देखिन थालेका छन् ।अहिले महानगरले सडकपेटीलाई अपाङ्गमैत्री बनाउन थालेको छ । त्यसका कारण अपाङ्गता भएका व्यक्तिहरूलाई हिँड्न सहज बन्दै गएको महानगरले जनाएको छ ।काठमाडौंका कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनिसकेका छन् । बल्खु र कुलेश्वर क्षेत्रको सडकपेटी बनिरहेका छन् ।यसरी काठमाडौंका सडकपेटी दृष्टिविहीन र अपाङ्गता भएकाहरूलाई हिँड्न सहज हुने गरी बनाइएको महानगरले जनाएको छ।महानगरभित्रका सडकपेटीहरू एउटै स्वरूप र अपाङ्गमैत्री बनाउने योजना अनुसार निर्माण धमाधम चलाइएको छ ।महानगरले पहिलेका फुस्रो र खैरो रंगका इँटालाई हटाएर सडक पेटीमा अहिले रंगीन इँटाले सजाइरहेको छ ।
तस्बिरहरू


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच