बेचबिखन गर्ने उद्देश्यले बालबालिका भारत लैजान खोज्ने ३ जना जेल चलान

बेचबिखन गर्ने उद्देश्यले बालबालिका भारत लैजान खोज्ने ३ जना जेल चलान

अर्थ चौतारी

बेचबिखन गर्ने उद्देश्यले बालबालिका भारत लैजान खोज्ने ३ जना ...

A A- A+

काठमाडौं । मानव बेचबिखन गर्ने उद्देश्यले बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरुमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् ।उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई पोखराको होटलमा वेटरको काम लगाइदिने भन्दै झुक्याएर बेच्ने उद्देश्यले भारतर्फत लगिएको भन्दै ललितपुरबाट पक्राउ गरिएको थियो ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको आइतबारको इजलासले सम्बरबहादुर र इन्दिरालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।डिल्लीबहादुरलाई भने २ लाख धरौटीमा छाड्न आदेश दिइएको थियो । तर, धरौटी बुझाउन नसकेपछि डिल्लीबहादुरसहित तीनै जनालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?