आज पनि रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

आज पनि रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

अर्थ चौतारी

आज पनि रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

A A- A+

काठमाडौँ। भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् । रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए ।

सांसद नेपालीले अडियो प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको अवस्थामा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिने नैतिकता देखाउन नसकेको बताए । उनले भिजिट भिसा प्रकरणमा छिटो भन्दा छिटो उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने भन्दै समिति गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहेको बताए। सरकारले बनाएको समितिबाट अपराध ढाक्ने प्रयास भइरहेको उनको भनाइ छ ।

त्यस्तै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडियो सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानविन गर्न माग गरे। उनले प्रधानमन्त्रीको क्यावीनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए।

सांसद शाहीले बोलेपछि एमाले सचेतक सुनिता बरालले नियमापति गरे। उनले प्रधानमन्त्रीमाथि शाहीले तथ्यहिन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन माग गरे। समग्र सरकार र सरकारको नेृतत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै उनले आपत्ति जनाए। सभामुख घिमिरेले सांसदहरुले उठाएका बिषय र नियमापत्तिहरुप्रति आफ्‌नो ध्यानाकर्षण भएको बताए। भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?