सिमकोट– आईतबार साढे बाह्र बजे नाम्खा गाउँपालिका– ४ को याङ्गार खोला लघुजलविद्युत् आयोजनाको विद्युत् आपूर्ति बन्द भएको छ। याङ्गार खोलामा आएको पहिरोले सो लघु जलविद्युत् आयोजनाकोे मुहान भत्काएपछि विद्युत् आपूर्ति बन्द भएको छ।चार दिनदेखि लगातर परि रहेको अविरल वर्षाको कारण आईतबार याङ्गार खोलामा आएको बाढी पहिरोले लघुजल विद्युत्को मुहान भत्काएपछि विद्युत् आपूर्ति बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।गाउँपालिकाको कार्यालय सहित २५० घरधुरी यसवाट प्रभावित भएका छन्। उनले प्रहरी चौकी याल्वाङबाट तीन किलो मिटर टाढा रहेको मुहान प्रहरी पुगेको बताए।गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले मुहान भत्काएको कारण विद्युत् आपूर्ति बन्द भएको बताउदै यसबाट गाउँपालिकाको कामहरु प्रभावित भएको बताए।सोलारले काम चलि रहेको भएपनि चार दिनदेखि घान नलाग्ने भएको कारण आर्थिक वर्षको अन्तमा काममा असर पर्न सक्ने उनले बताए। मुहानमा गएको पहिरो पन्छाउन दुई जना कामदार पठाउदा नसकेपछि पुनः ६ जना पठाएर पहिरो पन्छाउने कार्य भई रहेको भएपनि मर्मत हुन सक्ने वा नसक्ने भन्न नसकिने उनले जानकारी दिए।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच