एमाले कार्यालयभित्र पस्यो मनोहराको बाढी

एमाले कार्यालयभित्र पस्यो मनोहराको बाढी

अर्थ चौतारी

एमाले कार्यालयभित्र पस्यो मनोहराको बाढी

A A- A+

 काठमाडौं । मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय परिसरमा पनि पानी पसेको छ ।शुक्रबार रातिदेखि परेको वर्षाका कारण मनोहरा खोलामा जलसतह बढेका कारण शनिबार दिउँसो एमाले कार्यालयभित्रै बाढी पसेको हो । खोलामा पानीको सतह पुल भन्दा पनि उचाइमा पुगेपछि नजिकै रहेको एमाले कार्यालयभित्र बाढी पसेको हो ।च्यासलमा मनोहरा करिडोर सडक पनि डुबानमा परेको छ । एमाले कार्यालय नजिकै रहेको च्यासल रंगशाला पनि डुबानमा परेको छ । पानीले भरिएपछि रंगशाला पोखरीजस्तो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?