मानव तस्करीको आरोप लागेको भन्दै उपसभामुख रानामाथि छानबिन गर्न सांसदहरूको माग

मानव तस्करीको आरोप लागेको भन्दै उपसभामुख रानामाथि छानबिन गर्न सांसदहरूको माग

अर्थ चौतारी

मानव तस्करीको आरोप लागेको भन्दै उपसभामुख रानामाथि छानबिन गर्न ...

A A- A+

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरमाथि छानबिन गर्न सांसदहरूले माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् । सांसदहरूले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधिसभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।

बैठकमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन् । उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरूको शीर निहुरिएको बताइन् । उनले छानबिन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिए कानुनी कठघरामा उभ्याउनुपर्ने बताइन् ।

बैठकमा एमाले सांसद बासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानबिन गर्नुपर्ने बताए । उनले दोषी देखिएमा कानुनी कारबाही गर्नुपर्ने बताए । ‘यो विषय सिंगो संसदसँग जोडिएको हुनाले अत्यन्तै गम्भीर खालको विषय हो । र, यसलाई आवश्यक कारबाही अगाडि बढाउनुपर्छ भन्ने कुरा राख्न चाहन्छु,' उनले भने ।

एमाले सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरीसमेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए । उनले कानुनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्ने बताए । उनले समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा जोड दिए । उपयुक्त आधारसहित मात्रै उपसभामुखमाथि छानबपनको निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?