काठमाडौं। एएफसी एसियन कप छनोट अन्तर्गत आज नेपालले लाओससँग खेल्दैछ। जारी छनोट तेस्रो चरणको हो। नेपाल छनोटको पहिलो खेलमा मलेसियासँग २-० ले हारेको थियो। कमब्याक जित नेपाललाई जरुरी छ।
यही खेलको तयारी स्वरूप नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी हङकङ विरूद्ध अन्तराष्ट्रिय मैत्रिपूर्ण खेले खेलेको थियो। जहाँ खेल गोल रहित बराबरीमा सकिएको थियो।
तयारी राम्रो भएको र इतिहासमा लाओस विरूद्ध नेपाल बलियो रहेको कारण नेपालले जित निकाल्ने अनुमान गरिएको छ। नेपाल र लाओस यसअघि ६ पटक भिडेका छन्। जहाँ नेपालले एक खेल पनि हारेको छैन। ३ खेल नेपालले जित्दा ३ खेल बराबरीमा सकिएको छ।
त्यसैले मलेसियासँगको हारपछि जितकासाथ कमब्याक गर्ने अवसर नेपाली टोलीलाई रहेको छ। लाओस जानु अगाडि प्रशिक्षक म्याट रसले अबको सबै खेल उत्तिकै महत्वपूर्ण रहेको भन्दै जित्नको लागि खेल्ने बताएका थिए।
उनको प्रशिक्षणमा नेपालले खेल्न लागेको यो चौथो खेल हो। सिंगापुर विरुद्ध नेपालले जित निकाल्दा मलेसियासँग २-० को हार बेहोरेको थियो। हङकङसँग भने बराबरी नतिजा आएको थियो।
कप्तान किरण चेम्जोङले पनि टिम बोन्डिङ्ग राम्रो भएको इन्ज्युरी समस्या नरहेको र लाओस विरुद्ध उत्कृष्ट खेल प्रदर्शन नेपालको लक्ष्य रहेको बताएका थिए।
नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन्। वरीयताका आधारमा भियतनाम र मलेसिया नेपाल भन्दा बलियो प्रतिद्वन्द्वी हुन्।
समूहमा रहेका प्रत्येक टोलीले होम एण्ड अवेको आधारमा कुल ६ खेल खेल्नेछन्। यसपछि समूह विजेताले २०२७ मा साउदी अरेबियामा हुने १९ औं एसियन कपमा स्थान बनाउनेछ। नेशनल स्टेडियममा आज साँझ ५:४५ बजे नेपालले घरेलु टोली लाओसको सामना गर्नेछ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच