पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु

पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु

अर्थ चौतारी

पिकअपको ठक्करबाट व्यवसायीको मृत्यु

A A- A+

रौतहट। मधेस काठमाडौँ जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एक जना व्यवसायीको मृत्यु भएको छ । सिम्रौनगढ तर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्बरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहट तर्फ आउँदै गरेका मौलापुर नगरपालिका ८ सोनरनियाका ५५ वर्षीय अधिकारी यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । ठक्कर दिने पिकअप भ्यानसहित कोल्ह-१ का साजन चौधरी र प्रिन्स जयसवाललाई इलाका प्रहरी कार्यालय कोल्हवीले नियन्त्रणमा लिएको छ। सई लालु यादवले पक्राउ परेका दुवै जनाले एक अर्कामाथि गाडी चलाएको विवादित बयान दिएकोले थप अनुसन्धान भइरहेको बताएका छन्। मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?