ओली बन्दैछन् प्रधानमन्त्री, देउवा पुगे बिन्ती बिसाउन बालकोट, सरकार ढल्ने सम्मको चर्चा

ओली बन्दैछन् प्रधानमन्त्री, देउवा पुगे बिन्ती बिसाउन बालकोट, सरकार ढल्ने सम्मको चर्चा

अर्थ चौतारी

ओली बन्दैछन् प्रधानमन्त्री, देउवा पुगे बिन्ती बिसाउन बालकोट, सरकार ...

A A- A+

मिन बहादुर खड्का काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा भएको भेटवार्तााले राष्ट्रिय राजनितिमा नयाँ तरंग ल्याएको छ। यतिमात्रै होइन ओली र देउबाको भेटले खैलाबैला नै मच्चिएको छ। सत्ताबाट हात धुनुपरेपछि बिरत्तिएका देउबा पत्ति आर्जु राणा सहित ओली निवास बालकोट बिन्ति बिसाउन पुगेपछि राजनिति बृतमा यतिबेला नयाँ चर्चा भइरहेको छ।

 

ओली प्रधान्मन्त्री बन्दैछन् र सरकार ढेल्दैछ, यतिमात्रै होइन देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेको सम्मको चर्चा भइरहेको छ । झण्डै तीन घण्टा लामो देउवा र ओलीबीच भएको छलफललाई बिभिन्न कोणबाट हेरिएको छ। समसामयिक राजनीतिबारे छलफल भएको भनिएपनि प्रचण्डले दिएको धोकाको बदला लिने दाउमा सत्ताबाट हात धोएको दिनदेखी नै कसरतमा रहेका देउवा सामान्य भेटघाटका लागि आली भेटन नगएको चर्चा भइरहेको छ।

 

उसो त केही समय अगाडी नै कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो । यद्येपी माओबादी र एमाले संगको दोहोरो समबाद कसले सार्थकता पाउन्छ? अहिले नै भन्न सकिने स्थिति छैन। यद्येपी सत्ताबाट हात धुनुपर्दाको छटपटीले सबैभन्दा बढी देउबालाई पोलेको छ ।

 

सम्भवतह अन्य कांग्रेसका नेतालाई त्यति मत्लब छैन । तर देउवा भने सत्ता बाहिर हुँदा छटपटाइहाल्छ्न् । उनले सत्तामा पुग्न अनेकौँ प्रयास नगरेका हैनन् । सत्ताबाट बिमुख भएको दिन देखी सरकारमा कसरी जाने ? भन्ने आन्तरिक रणनिति देउवाले कहिँले बनाउन छाडेका छैनन् । सोही अनुसारको दौडधुप बढाइरहेका छन् । देउवाले पार्टीलाई सत्तामा सहभागी गराउन र प्रचण्डले दिएको धोकाको बदला लिन र प्रचण्डको प्रधानमन्त्री पद च्यूत गर्न कहिँले रबी कहिँले माधव नेपाल नफकाएका पनि होइनन् तर उनि सफल हुन सकेनन् ।

 

यतिमात्रै होइन देउबा अरुलाई प्रधानमन्त्री पद बाड्दै हिडेका छन् । अरुलाई प्रधानमन्त्री बनाएरै भएपनि प्रचण्डले दिएको धोकाको बदला लिने धुनमा देउवा पहिले देखी नै जुटेका छन् ।

 

राजनितिक%A

रिलेटेड न्युज

छुटाउनुभयो कि ?