मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव

मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव

अर्थ चौतारी

मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव

A A- A+

 काठमाडौं । सांसदहरूले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका छन् ।राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल, माओवादी केन्द्रका गोपीबहादुर अछामीसहित १३ जना सांसदले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका हुन् ।‘मिडिया काउन्सिल ऐन २०८०’ भन्ने शब्दहरूको सट्टा ‘सञ्चार परिषद् ऐन २०८१’ भन्ने शब्दहरू राख्ने’ सांसदहरूको संशोधन प्रस्ताव छ ।यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले १२ वैशाख २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।प्रस्तावित विधेयकमा सांसदहरूका ७८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?