कैलाश सिरोहियालाई बयान गराइँदै, आज दोस्रोपटक म्याद लिइने

कैलाश सिरोहियालाई बयान गराइँदै, आज दोस्रोपटक म्याद लिइने

अर्थ चौतारी

कैलाश सिरोहियालाई बयान गराइँदै, आज दोस्रोपटक म्याद लिइने

A A- A+

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले बताए ।

यस अघि अदालतले दिएको ३ दिनको म्याद सकिएको छ । शुक्रवार दोस्रोपटक म्याद लिइने डीएसपी अवाले जानकारी दिए । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले मङ्गलवार काठमाडौँबाट पक्राउ गरेर सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, रमण कर्ण, अधिवक्ताहरू दीपेन्द्र झा, सिताराम भट्टराई र गोविन्द बन्दी जनकपुरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?