रास्वपाको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव

रास्वपाको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव

अर्थ चौतारी

रास्वपाको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव

A A- A+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरिएको छ ।

 

१९ असार बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको महामन्त्री मुकुल ढकालले जानकारी गराएका छन् ।

बुधबार डाकिएको केन्द्रीय समिति बैठकमा छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा छ ।

 

विभिन्न जिल्ला पुगेर शुभेच्छुक कार्यकर्ताका कुरा सुनेर ढकालले प्रतिवेदन तयार गरेका छन् ।

प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन ।

 

प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?