कसरी हेर्ने एसईईको नतिजा ?

कसरी हेर्ने एसईईको नतिजा ?

अर्थ चौतारी

कसरी हेर्ने एसईईको नतिजा ?

A A- A+

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशित भएको छ । नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिनेछ । यस्तै स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिनेछ । यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ ।नतिजाअनुसार परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२।१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो ।यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति ९तेस्रो संशोधनसहित० अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ । अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?