एसईईको नतिजा भोलि सार्वजनिक हुने

एसईईको नतिजा भोलि सार्वजनिक हुने

अर्थ चौतारी

एसईईको नतिजा भोलि सार्वजनिक हुने

A A- A+

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) बिहान सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बिहीबार बिहान नतिजा सार्वजनिक गरिने जानकारी दिए । “अहिले बोर्ड बैठक बस्दै छ, आजै रिजल्ट आउट गर्न हतार गर्दैनौँ, भोलि बिहान सार्वजनिक गर्ने तयारी छ,” पौडेलले भने । नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार  विद्यार्थी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?