संवादमार्फत समाधान सम्भव छ, सडक बन्द होइन :  गृहमन्त्री लेखक

संवादमार्फत समाधान सम्भव छ, सडक बन्द होइन : गृहमन्त्री लेखक

अर्थ चौतारी

संवादमार्फत समाधान सम्भव छ, सडक बन्द होइन : गृहमन्त्री ...

A A- A+

काठमाडौँ। सार्वजनिक यातायात बन्द गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीका माग सम्बोधन गर्न सरकारद्वारा वार्ता कार्यदल गठन गरिएको छ। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको छलफलपछि उक्त निर्णय गरिएको हो। कार्यदलको संयोजकत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले सम्हाल्नेछन्।

सरकारी पक्षबाट विभिन्न मन्त्रालयका उपसचिवहरू र ट्राफिक प्रहरी प्रतिनिधि रहेका छन् भने व्यवसायी पक्षबाट महासंघ अध्यक्ष विजयबहादुर स्वाँरसहित आठ जना प्रतिनिधि कार्यदलमा छन्। गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्य सचिव छन्।

सरकार वार्ता र संवादबाट समस्या समाधान गर्न सकारात्मक रहेको बताउँदै गृहमन्त्री लेखकले आन्दोलन फिर्ता लिन व्यवसायीहरूलाई आग्रह गरेका छन्। कार्यदलले आजैदेखि छलफल सुरु गरेको जानकारी दिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?