काठमाडौं– अमेरिकी शोधकर्ताले गरेको अनुसन्धानका क्रममा टिकटकले आलोचना गरिएका कन्टेन्टको पहुँच सीमित पार्ने गरेको पाइएको छ ।
अमेरिकाको रुटगर्स विश्वविद्यालय र नेटवर्क कन्टेजन रिसर्च इन्स्टिच्युटले गरेको संयुक्त अनुसन्धानमा चिनियाँ सामाजिक सञ्जाल टिकटकले कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको पाइएको हो ।
उक्त अनुसन्धानका क्रममा टिकटकको अल्गोरिदमले चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको र पार्टीको पक्षमा पोस्ट गरिएका सामग्री भने अझ बढावा दिने गरेको खुलेको हो ।
टिकटकले ट्राभल इन्फ्लुएन्सर, लाइफस्टाइल अकाउन्टजस्ता क्रिएटरका माध्यमबाट मानवअधिकार उल्लङ्घन, जातीय नरसंहारजस्ता मुद्दालाई दबाउने गरेको उक्त शोधमा जनाइएको छ । पछिल्लो समय टिकटकका कारण राष्ट्रिय सुरक्षामा चुनौति थपिएको चर्चाबीच पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच