कैलालीमा कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न तीन महिलासहित चार जना पक्राउ

कैलालीमा कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न तीन महिलासहित चार जना पक्राउ

अर्थ चौतारी

कैलालीमा कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न तीन महिलासहित ...

A A- A+

धनगढी । कैलालीमा कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा तीन जना महिला र एक पुरुष पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार राति जिल्लाको गोदावरी नगरपालिका २ आदर्श गल्लीमा घरको कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको हो ।इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका १ बस्ने ६५ वर्षीय महिला, सोही ठाउँ बस्ने २८ वर्षीय महिला, गोदावरी नगरपालिका ३ बस्ने ३७ वर्षीय पुरुष र जिल्लाको गौरीगङ्गा नगरपालिका १ बस्ने ३४ वर्षीय महिला गरी ४ जनालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नाउव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?