विश्वप्रकाशको आरोप- रास्वपालाई सहकारी ठगी प्रकरणमा रविलाई कसरी बचाउने भन्ने मात्रै चिन्ता छ

विश्वप्रकाशको आरोप- रास्वपालाई सहकारी ठगी प्रकरणमा रविलाई कसरी बचाउने भन्ने मात्रै चिन्ता छ

अर्थ चौतारी

विश्वप्रकाशको आरोप- रास्वपालाई सहकारी ठगी प्रकरणमा रविलाई कसरी बचाउने ...

A A- A+

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगी प्रकरणबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्तामा रहेका पार्टीले देश बनाउन नसक्ने बताएका हुन् । एमालेप्रति लक्षित गर्दै महामन्त्री शर्माले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी-इस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्ने गरी काम गर्न नसकेको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई गणित मिलाएर सरकारमा रहिरहने कुरामा मात्रै ध्यान रहेको बताए ।महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावनाहरू रहेको भए पनि त्यसलाई सही सदुपयोग गर्न नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?