कास्की । रूपा गाउँपालिका-३ ताकान्जा सडकमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग.१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको हो । दुर्घटनामा सहचालक सोही गाउँपालिका-१ शास्त्री बस्ने १९ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीले मिनी ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच