ब्याटिङको पुरानै समस्याले टी–२० विश्वकपमा जितविहीन

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

ब्याटिङको पुरानै समस्याले टी–२० विश्वकपमा जितविहीन

अर्थ चौतारी

ब्याटिङको पुरानै समस्याले टी–२० विश्वकपमा जितविहीन

A A- A+

अमेरिका । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल जितविहीन हुँदै बाहिरिन पुग्यो । कम्तीमा दुई जितका साथ सुपर–८ पुग्ने लक्ष्य राखेको नेपालको विदेशी भूमिमा खराब ब्याटिङ यसपटक पनि दोहोरियो ।त्यसैले समूह डी मा नेपालले खेलेका ४ मध्ये तीन खेलमा हार व्यहोर्‍यो र वर्षाका कारण टस पनि हुन नसकेकाले श्रीलंकासँग १–१ अंक बाँड्न पुग्यो । विश्वकपको प्रदर्शनमा नेपाली बलरहरुले सन्तोषजनक प्रदर्शन गरे भने ब्याटरहरु कमजोर देखिए ।विश्वकप २०२४ मा नेपालपछि ओमान, आयरल्यान्ड र पपुवा न्युगिनी मात्रै जितविहीन हुँदै बाहिरिएका छन् । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकाविरुद्ध १ रन र बंगलादेशसँग २१ रनले पराजित भयो ।नेपालको तीनै खेलमा हारको मुख्य कारण खराब ब्याटिङ हो । विश्वकपको अतिरिक्त दबाब, खराब सट छनोट र कमजोर टिमको मानसिकता पनि कारक हुन् ।प्रतियोगितामा नेपालबाट ओपनर तथा विकेटकिपर आसिफ शेखले ३ खेलमा सर्वाधिक ६३ रन बनाए । आसिफले दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४२ र कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरुद्ध बनाएको ३५ रन एकै खेलमा नेपाली ब्याटरको उच्च स्कोर रह्यो ।प्रतियोगिताभर कुशल मल्लले ५२ बलमा ३७, रोहित पौडेल ४५ बलमा ३६, दीपेन्द्रसिंह ऐरी ४८ बलमा ३२, कुशल भुर्तेल ३९ बलमा २४, गुल्सन  झा २५ बलमा २०, सोमपाल कामीले ११ बलमा ८ र सन्दीप जोराले ८ बलमा १ रन बनाए ।नेपालले टी–२० विश्वकप खेले पनि प्रदर्शन ओडीआईमा जस्तै गर्न पुग्यो । करण केसीले १४१.६६ (एक इनिङमा १२ बलमा १७ रन) र अनिल साहले १०० (तीन इनिङ ३८ बलमा ३८ रन) को स्ट्राइकरेटमा ब्याटिङ गरे । अन्यको स्ट्राइकरेट ९० भन्दा माथि छैन ।

टी–२० विश्वकप २०२४ मा अमेरिका र वेष्टइण्डिजको कन्डिसनमा ब्याटिङ गर्न चुनौतीपूर्ण थियो । तर नेपालको जस्तो एक रन नै बटुल्न कठिन पर्ने खालको होइन ।नेदरल्याण्ड्सविरुद्ध १९.२ ओभरमा १०६ रनमा अलआउट हुँदा नेपालका खेलाडीले ६६ बल डट खेलेका थिए । उक्त लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभर ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।नेपालले दक्षिण अफ्रिकालाई २० ओभरमा ११५–७ को अवस्थामा रोकेको थियो । स्पिनर कुशल भुर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए ।क्वीन्टन डि कक, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलर जस्ता विश्वप्रसिद्ध टी–२० ब्याटरविरुद्ध नेपाली बलरको बलिङद सामान्य थिएन । तर ब्याटिङमा भने नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो ।दक्षिण अफ्रिकाविरुद्ध १८ बलमा १८ रन चाहिँदा र हातमा ७ विकेट भएको अवस्थाबाट नेपालले हारेको थियो । अन्तिम दुई बलमा गुल्सन झा रन जोड्न चुकेका थिए । नेपाली ब्याटरले ६८ बल डट खेल्न पुगेका थिए सोमबार नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमा अल आउट गर्‍यो । टेस्ट मान्यता प्राप्त टोलीमाथि पहिलो जित हात पार्ने नेपाललाई ऐतिहासिक अवसर थियो । तर नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो । यो खेलमा नेपाली ब्याटरले ८० बल डट खेलेका थिए ।डट बलको ५० प्रतिशत मात्रै सिंगल रन जोड्न सकेको भए नेपालले तीनै खेलमा विजयी हुनसक्ने आधार देखिन्छ ।नेपाली ब्याटरले ३ खेलमा कुल ३५८ बल खेल्दा ३०५ रन बनाए । २१४ डट बल छ । करण केसीले २, आसिफ सेख, अनिल साह, कुशल मल्ल, कुशल भुर्तेल, दीपेन्द्र, गुल्सन र सोमपाल कामीले १/१ छक्का हाने ।आसिफले ९, अनिल र रोहितले ५–५ चौका हाने । कुशल भुर्तेल ३, कुशल मल्ल र दीपेन्द्रले २/२ तथा गुल्सनले १ चौका हानेका थिए ।नेपाली खेलाडीले बाउन्ड्रीमा जोखिम लिन सकेनन् । लगातार डट र दबाबमा आएर खराब सट खेल्दै विकेट गुमाउन पुगेका थिए ।विश्वकपमा नेपालका दीपेन्द्रले ६, रोहितले २, कुशल भुर्तेलले ४, सोमपालले ३, सन्दीप लामिछानेले २ र अभिनाश बोहराले १ विकेट लिए । १८ मध्ये १४ विकेट स्पिनरले लिएका थिए । टेस्ट टोली दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध बलिङ विश्वले तारिफ गरेको छ ।

यस विश्वकपमा नेदरल्यान्ड्सका म्याक्स ओडाउड बाहेक अन्य कुनैपनि ब्याटरले नेपालविरुद्ध अर्धशतक हान्न सकेनन् । बलरले नेपाललाई सहज जितको आधार तय गरेका थिए । तर खराब ब्याटिङले जित निकाल्न सकेन । घरेलु मैदान त्रिवि बाहिर नेपाली ब्याटरको प्रदर्शन बिर्सनलायक नै छ ।विश्वकपको झण्डै एक महिना अघि आएर नेपालले अमेरिका र सेन्ट भिन्सेन्टमा अभ्यास गरेको थियो । तर ब्याटिङमा सुधार भएन ।विशेषगरी दक्षिण अफ्रिकाविरुद्ध प्रदर्शनले नेपालको विश्वभर चर्चा चुलिएको छ । पूर्व क्रिकेटरहरुले खुलेर तारिफ गरेका छन् । नेपाली समर्थकको माया र उपस्थितिले विश्वको ध्यान केन्द्रित गरेको छ ।तर दक्षिण अफ्रिकाविरुद्ध १ रनको हारले नेपाली टिमले आलोचना ब्यहोर्नुपर्‍यो भने समर्थकमा पनि चोट परेको छ ।खराब ब्याटिङको प्रमुख कारण कन्डिसन अनुसार खेल्न नसक्नु रहेको क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउँछन् ।‘बीचमा बसेर सिंगल डबल खेल्नुपर्ने क्षमता राख्नुपथ्र्यो । त्यसमा खेलाडीहरु हतारिए । अनुभवको कमी अर्काे कारण हो’, रविले भने ।त्यसैमा उनले थपे, ‘विपक्षीले सधैं दबाबमा राखे । त्यसमा नेपाली ब्याटर चढेर खेल्न सकेनन् । खासमा हामी घरभन्दा बाहिर निकै कम क्रिकेट खेलेका छौं । ब्याटिङ गर्न कन्डिसनले गाह्रो भएको हो ।’नेपालका कप्तान रोहित पौडेल ठूला टोलीहरुसँग निरन्तर खेल्नुपर्ने बताउँछन् ।‘यस विश्वकपमा धेरै सकरात्मक पक्षहरु छन् । जसमा प्रतियोगिताभर राम्रो बलिङ गर्‍यौं । यो टोलीमा धेरै क्षमता छ । राम्रो देश जस्तै बंगलादेश, श्रीलंका जस्तादेशसँग निरन्तर खेल्ने हो भने सुधार हुनेछ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?