वर्कसपमा अभिनय निखार्दै अनमोल

वर्कसपमा अभिनय निखार्दै अनमोल

अर्थ चौतारी

वर्कसपमा अभिनय निखार्दै अनमोल

A A- A+

काठमाडौँ । अभिनेता अनमोल केसीले नयाँ फिल्म ‘जेरीः अन टप’को काम सुरु गरेका छन् । फिल्म ‘फर्की फर्की’को जापान प्रिमिएरबाट हालै फर्किएका उनले ‘जेरीः अन टप’को वर्कसप सुरु गरेका हुन् ।साउन १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको केसीसँगै अभिनेत्री आँचल शर्मा पनि वर्कसपमा जुटेकी छन् । फिल्ममा केसी र शर्माले पहिलो पटक सहकार्य गर्दै छन् । केसी र शर्माको अलावा आना शर्माको पनि मुख्य भूमिका रहने फिल्म सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशक सुयोग गुरुङले गर्दै छन् ।त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई यही वर्षभित्र रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?