६७ वर्षीय वृद्ध बनेर क्यानडा जान खोज्ने २४ वर्षीय युवक पक्राउ

६७ वर्षीय वृद्ध बनेर क्यानडा जान खोज्ने २४ वर्षीय युवक पक्राउ

अर्थ चौतारी

६७ वर्षीय वृद्ध बनेर क्यानडा जान खोज्ने २४ वर्षीय ...

A A- A+

नयाँ दिल्ली । भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई पक्राउ गरेका छन् । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा थिए । युवकको साथमा नक्कली पासपोर्ट पनि भेटिएको छ । यो घटना १८ जुनको हो । ५ः२० बजे आसपास प्रोफाइलिङ र बिहेभियर डिटेक्शनका आधारमा सीआईएफएफका जवानले विमानस्थलको टर्मिनल ३ को चेक–इन क्षेत्रमा एक यात्रीलाई सोधपुछका लागि रोके ।यस क्रममा ती वृद्धले आफ्नो नाम रशविंदर सिंह सहोता भएको र उमेर ६७ वर्ष बताए । पासपोर्टमा उनको जन्ममिति सन् १९५७ अक्टोबर २ थियो । उनी एयर क्यानडाको एसी ०४३-एसटीडी २२५० उडानबाट जाँदै थिए । पासपोर्टमा उल्लेख गरिएको उमेरभन्दा ती वृद्ध निकै कान्छो जस्तो देखिन्थे । आवाज र छाला पनि जवानको जस्तो थियो । पासपोर्टमा दिइएको विवरणसँग ती व्यक्तिसँग मेल खाएन ।नियालेर हेर्दा ती व्यक्तिले आफ्नो दाह्री र कपालमा सेतो रङ्ग लगाएको थाहा भयो । सायद बुढो देखियोस् भनेर चस्मा लगाएका थिए । शङ्का लागेर तलाशी लिने क्रममा मोबाइलमा अर्को पासपोर्टको सफ्ट कपी भेटियो । त्यसमा ती व्यक्तिको उमेर २४ वर्ष लेखिएको थियो । जाली पासपोर्टको मामिला भएकोले ती पुरुषलाई थप कानुनी कारवाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?