बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

अर्थ चौतारी

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

A A- A+

उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

एमालेका  विजयी भण्डारीले ११ हजार ६१२ मत  ल्याए ।   नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।

यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?