आईसीसी टी-२० वरीयतामा दीपेन्द्रको छलाङ

आईसीसी टी-२० वरीयतामा दीपेन्द्रको छलाङ

अर्थ चौतारी

आईसीसी टी-२० वरीयतामा दीपेन्द्रको छलाङ

A A- A+

काठमाडौँ- नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ तीन स्थान सुधार गरेका छन्। आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र छैटौं स्थानमा उक्लिएका छन्। दीपेन्द्र १९९ अंक प्राप्त गरे।यसैगरी अस्ट्रेलियाका मार्कस स्टोइनिस २३१ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन्। यसअघि शीर्ष स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नबी भने तीन स्थान खस्किँदै चौथो स्थानमा पुगेका छन्।टिम वरीयतामा भने नेपाल १८औं स्थानमा यथावत छ। ब्याटिङ वरीयतामा आसिफ शेखले छलाङ मारेका छन्। उनी २० स्थान सुधार गर्दै ६९औं स्थानमा पुगेका छन्।यसैगरी गरी कप्तान रोहितकुमार पौडेल ६१औं र दीपेन्द्र ४६औं स्थानमा छन्। रोहित ६ स्थान खस्किँदा दीपेन्द्रले पाँच स्थान सुधार गरेका हुन्। बलिङ वरीयतामा दीपेन्द्र ९६ र सोमपाल कामी ९१औं स्थानमा छन्। दीपेन्द्रले २७ र सोमपालले आठ स्थान सुधार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?