सानिमा बैंकद्वारा १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर

सानिमा बैंकद्वारा १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर

अर्थ चौतारी

सानिमा बैंकद्वारा १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा ...

A A- A+

काठमाडौं, ७ फागुन । सानिमा बैंक लिमिटेड र ब्रिटिस इन्टरनेशनल इन्भेस्मेन्ट पीएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त ऋण जलविद्युत् आयोजनाहरू निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिने बताइएको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सानिमा बैंकले देशको सातै प्रदेशमा १ सय ३४ वटा कार्यालयहरू तथा १ वटा २६ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?