मनसुन नेपाल कहिले भित्रिन्छ ?

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 60

मनसुन नेपाल कहिले भित्रिन्छ ?

अर्थ चौतारी

मनसुन नेपाल कहिले भित्रिन्छ ?

A A- A+

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जून १३ हो । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?