काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित भएको छ । नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा दुई दिन छलफल भएको थियो ।
प्रतिनिधि सभाबाट पनि सभामुख देवराज घिमिरेले आजै ध्वनी मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए ।
विपक्षी दलका सांसद्हरूले सरकारका नीति तथा कार्यक्रममाथि पेश गरेका अधिकांश संशोधन प्रस्ताव भने अस्वीकृत भएको थियो । उनीहरूले राखेको संशोधन प्रस्ताव पनि ध्वनी मतकै आधारमा अस्वीकृत भएको घोषणा सभामुखले गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद्मा पेश गरिएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसद्हरूले उठाएको प्रश्नको जवाफ पनि आजै दिएका थिए ।नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्नेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच