लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट, विकास र संवृद्धिबारे छलफल

लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट, विकास र संवृद्धिबारे छलफल

अर्थ चौतारी

लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट, विकास र संवृद्धिबारे ...

A A- A+

कैलाली ।  लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबीच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियालाई प्रदेश प्रमुख शेरचनले स्वागत गरेका थिए । सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख मिया लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए । भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सञ्चालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।भेटमा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले संवृद्धि सुशासन तथा विकासका विषयमा पनि चासो राखेका थिए ।भेटघाटमा लुम्बिनी प्रदेश प्रमुखको प्रमुख स्वकीय सचिव नारायण आचार्य सह–स्वकीय सचिव वसन्त भट्टचन र कार्यालय सचिव वेदप्रकाश खरेल उपस्थित थिए भने, सुदूरपश्चिमको तर्फबाट प्रदेश प्रमुखको प्रमुख स्वकीय सचिव साबिर अली उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?